३१ असार २०८३, बुधबार

एआईजी थप्न सशस्त्रभित्र सुरु भयो दौडधुप

पुस १४, २०७४
एआईजी थप्न सशस्त्रभित्र सुरु भयो दौडधुप

काठमाडौँ, १४ पुस — सशस्त्र प्रहरीले पाँच एआईजी थप गर्न गृह मन्त्रालयमा दबाब तीव्र पारेको छ । सशस्त्रले नेपाल प्रहरीको जस्तै सातै प्रदेशमा रहने बाहिनीको नेतृत्व गर्न एआईजी थप्ने लबिइङ गरिरहेको छ । गृह मन्त्रालयले प्रदेश स्तरमा पनि सशस्त्र प्रहरीको बाहिनी राख्ने संरचना बनाएको थियो । 

अहिले बाहिनीको नेतृत्व डीआईजीले गरिरहेका छन् । सशस्त्रले भनेजस्तै भए ५ एआईजी थपिनेछन् । अहिले सशस्त्र प्रहरीमा ६ एआईजी छन् । सशस्त्र प्रहरीका एक उच्च अधिकारीका अनुसार केही डीआईजीले आफ्नो करिअरलाई उकास्ने नाममा एआईजी थप्न महानिरीक्षकमाथि दबाब बढाइरहेका छन्, कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्