२१ असार २०८३, आइतबार

अध्यादेश बारे छलफल गर्न नेपाली काँग्रेसको बैठक बस्दै

अध्यादेश बारे छलफल गर्न नेपाली काँग्रेसको बैठक बस्दै

काठमाडौं, १४ पुस– नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैठक शुक्रबार बस्दै छ । प्रधानमन्त्री एवं कांग्रेस सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेका हुन् । 


बैठक बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार प्रधानमन्त्री देउवा, महामन्त्री शशांक कोइरालालगायत पदाधिकारीको भेटपछि बैठकको मिति तय भएको हो । 

बैठकमा निर्वाचनको समीक्षा र राष्ट्रियसभा अध्यादेशबारे छलफल हुने बताइएको छ । कार्यसम्पादन समितिको वैठक पछि केन्द्रिय समितिको वैठक वोलाउने तयारीमा सभापति देउवा रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्