
नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं-खुर्कोट-मन्थली रुटमा बस सञ्चालनमा रोक लगाएको छ ।
यातायातका सहायक कार्यालय प्रमुख विकास लामाले शुक्रबार सूचनामार्फत असुरक्षाको कारण देखाउँदै उक्त रुटमा बस सञ्चालन अनिश्चितकालीन स्थगित गरिएको जानकारी दिएका हुन् ।
'उपरोक्त सम्बन्धमा यस नेपाल अरनिको यातायात सेवा प्रालि अन्तर्गत काठमाडौं-खुर्कोट हुँदै मन्थलीको बाटो प्रयोग गरी सञ्चालन हुने सम्पूर्ण क्यूका बसहरू सुरक्षा जोखिम (रामेछाप मन्थली नपा ६ मसानटार) दुर्घटनाका कारणले अर्को सूचना नआएसम्मको लागि हाललाई क्यूहरू स्थगित गरिएको ब्यहोरा सम्बद्ध सम्पूर्ण व्यवसायी, मजदुर, कर्मचारीहरूमा जानकारीका लागि आदेशानुसार सूचित गरिन्छ,' जारी सूचनामा भनिएको छ ।

गत मंगलबार काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बा प्र ०१००६ ख ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका ६ स्थित तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।
यो पनि पढ्नुहोस्