२३ असार २०८३, मंगलबार

टुकुचामा काठमाडौं महानगरले थाल्यो कल्भर्ट निर्माण [तस्वीरहरू]

फागुन २५, २०८२
काठमाडौं
टुकुचामा काठमाडौं महानगरले थाल्यो कल्भर्ट निर्माण [तस्वीरहरू]

काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण शुरू गरेको छ । 

कल्भर्ट निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी अर्काईभ स्टार निर्माण सेवा प्राइभेट लिमिटेड महानगरसँग सम्झौता भएको छ । यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ ।

अहिले त्यहाँ पानीको निकासका लागि ह्युम पाइप राखिने छ । कल्भर्ट निर्माणको काम प्रारम्भ भएसँगै हाललाई सो सडक  आवागमनमा  पूर्ण बन्द गरिएको छ । 

डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्थापन गरिएको छ ।

यसको सम्झौता रकम ५७ लाख ७२ हजार ६९४ रूपैयाँ रहेको छ । कल्भर्ट निर्माणको क्रममा सो सडक भएर हिँड्ने सर्वसाधारण जोखिम मोलेर हिँड्नु परेकाले हाल महानगरले पैदल यात्रीलाई समेत निषेध गरी निर्माण कार्य अगाडि बढाउने जानकारी दिएको छ ।

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्