११ साउन २०८३, सोमबार

काठमाडौंमा विद्यार्थी र प्रहरीबीच झडप, प्रधानमन्त्रीको राजीनामा माग्दा अश्रुग्यास प्रहार

काठमाडौंमा विद्यार्थी र प्रहरीबीच झडप, प्रधानमन्त्रीको राजीनामा माग्दा अश्रुग्यास प्रहार

काठमाडौं, १८ पुस–  पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता र प्रधानमन्त्रीको राजीनामा माग गर्दै मंगलवार काठमाडौंमा प्रदर्शन भएको छ । वाम गठवन्धन सम्बद्ध विद्यार्थीहरुले काठमाडौंको त्रिचन्द्र कलेज अगाडि प्रधानमन्त्रीको पुत्ला समेत दहन गरेका छन् । 

विद्यार्थीहरुले प्रधानमन्त्रीविरुद्ध उग्र नारा लगाइरहेका बेला झडप समेत भएको छ । वाम गठवन्धनका विद्यार्थीले पुत्ला दहन गर्न खोज्दा विद्यार्थी र प्रहरीबीच झडप भएको हो । प्रहरीले पुत्ला खोस्न खोज्दा विद्यार्थीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । 

झडमा १ प्रहरी र ३ आन्दोलनकारी गरी ४ जना घाइते भएका छन् । घाइते हुने आन्दोलनकारीमा एमाले निकट अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेस बर्तौला छन् । घाइते भएका अन्यको नाम खुल्न सकेको छैन

वाम गठवन्धन निकट विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन, निर्वाचन आयोगलाई समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न तथा प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्नुपर्ने माग गरेर विरोध प्रदर्शन गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्