काठमाडौं, १० माघ — सुपरस्टार ज्याकी च्यान आफ्नो नयाँ फिल्म कुङ फु योगाको प्रवर्द्धनका लागि आइतवार एक दिनका लागि भारतको मुम्बई आएका छन् ।

स्रोतहरूका अनुसार चिनियाँ सुपरस्टार ज्याकीले बलिउडका सुपरस्टार सलमान खानसँग भेट्न चाहेका छन् ।
‘ज्याकीका सहकलाकार सोनु सूद सलमानसँग नजिक छन् र उनैले दुई सुपरस्टारलाई भेटाएका हुन्,’ स्रोतले भन्यो ।
खासमा सोनुले नै ज्याकीलाई सलमान भारतका सुपरस्टार भएको अनि उनले परोपकारी काम गरेको बताएका थिए । त्यसपछि एक्सन स्टार ज्याकीले सलमानलाई भेट्न चाहे ।
सलमानले ट्युबलाइटको शूटिङको व्यस्तताका बाबजुद जेडब्ल्यु मेरियट होटेलको एसियन बार एन्ड रेस्टुरेन्टमा उनलाई भटेका थिए ।
ज्याकीको नयाँ फिल्म एन्सन एड्भेन्चर कमेडी हो जसमा उनका साथसाथै सोनु सूद, ले एक्सो, दिशा पटानी, अमिरा दस्तुर लगायतका कलाकार छन् ।
फिल्मको निर्देशन स्ट्यान्ली टोङले गरेका हुन् ।
बलिउड लाइफ