०३ असार २०८३, बुधबार

वीर र कान्ति बाल अस्पतालमा उडुसआतंक

पुस २०, २०७४
वीर र कान्ति बाल अस्पतालमा उडुसआतंक

काठमाडौं, २० पुस– देशकै पुरानो वीर अस्पताल र बालबालिकाको उपचार गर्ने कान्ति बाल अस्पतालमा उडुसको टोकाइबाट बिरामी र कुरुवा आतंकित भएका छन् । उडुसको टोकाइबाट उपचारका लागि आउने बिरामी, कुरुवा र स्वास्थ्यकर्मीसमेत हैरान भएका हुन् ।

पटक–पटक औषधि प्रयोग गरे पनि उडुस नमासिएको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ । दाङबाट मिर्गौलाको उपचार गर्न छोरालाई लिएर एक साताअघि वीर अस्पताल आएका चन्द्रबहादुर श्रष्ठ उडुसका कारण रातभरि सुत्न नसकेको बताउछन् । 

बिरामी र कुरुवा मात्र होइनन्, उडुसको टोकाइबाट अस्पतालका स्वास्थ्यकर्मी पनि हैरान छन् । रात परेपछि उडुसले टोकेर हैरान पार्ने गरेको स्वास्थ्यकर्मी बताउछन्, नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्