०८ असार २०८३, सोमबार

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ‘ग्रिन सिग्नल’

पुस २१, २०७४
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ‘ग्रिन सिग्नल’

काठमाडौँ, २१ पुस  — प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बलुवाटारमा बोलाएको सर्वदलीय बैठकमा राजनीतिक सहमतिका आधारमा राष्ट्रियसभाको निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्न प्रस्ताव गरे पनि वाम गठबन्धनका नेताहरु त्यसमा सहमत भएनन् ।

वाम गठबन्धनले ‘ग्रिन सिग्नल’ दिएसँगै सरकारले केही दिनभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने भएको छ । गठबन्धनले यो विषयलाई ‘सरकारको अधिकार क्षेत्र’ भन्ने जवाफ दिएपछि प्रमुख र राजधानी तोक्न बाटो खुलेको हो ।

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे सहमति खोज्न बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको पाँच दल बैठकमा गठबन्धनका नेताहरूले त्यसबारे ‘आफूहरूको चासो नरहेको र यो सरकारको अधिकारको कुरा भएको’ जवाफ दिएका थिए । अहिलेको सरकारले गरेको निर्णय चित्तबुझो नभए अर्को सरकारलाई आफ्नो ढंगबाट निर्णय गर्ने अधिकार सुरक्षित रहेको गठबन्धनका नेताहरूको धारणा थियो, कान्तिपुरमा खबर छ | 

salt training

कमेन्ट गर्नुहोस्