०२ असार २०८३, मंगलबार

गोली लागेर रुपन्देहीमा एमालेका कार्यकर्ताको मृत्यु

गोली लागेर रुपन्देहीमा एमालेका कार्यकर्ताको मृत्यु

रुपन्देही, २१ पुस– रुपन्देहीको देवदह नगरपालिका  खैरहनीमा अज्ञात समुहको गोली लागेर एक जनाको मृत्यु भएको छ । 

स्थानीय ३८ वर्षीया वलु पौडेलको गोली लागेर मृत्यु भएको  रुपन्देहीका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए । 

मीलमा काम गरिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको रुपन्देही प्रहरीले जनाएको छ । उनको टाउँकोमा गोली लागेको थियो ।

उपचारको लागि अञ्चल अस्पताल बुटवल लगिएपनि उनको मृत्यु भइसकेको थियो ।

उनी एमालेका कार्यकर्ता हुन् । 

उनीमाथि अाफूहरूले गोली चलाएको मनोज पुनको समुहले जिम्मेवारी लिएको छ । स्थानीय एक पत्रकारलार्इ फोन गर्दै पुनको समुहले हत्याको जिम्मेवारी लिएपनि प्रहरीले भने पुष्टि गरेको छैन । मनोज पुनले अाफ्ना साथीभाइलार्इ अनावश्यक रूपमा दुख दिएका कारण उनीमाथी गोली चलाएको बताएको छ । युवा संघका नेता दुर्गा तिवारीमाथि गोली चलाउनु पू्र्व नै अाफूहरूको निशानामा बलु रहेकाे फोनमा मनोज पुनको समुहले बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्