
इलाम, २३ पुस– स्थानीय तहदेखि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्म पराजय भोग्नुमा कांग्रेस इलामले २७ बुँदे कमजोरी पहिल्याएको छ ।
नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, प्रजातान्त्रिक कानून व्यवसायीक संघ प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रेस युनियनले शुक्रबारदेखि दुई दिन गरेको समीक्षा कार्यक्रममा सहभागीहरुले निर्वाचनमा पार्टीको कमजोरी खोजेका हुन् ।
दलभित्रको गुटबन्दी, कार्यकर्ता परिचालन गर्न नसक्नु, स्थानीय संरचनालाई चलायमान बनाउन नसक्नु लगायतका कारण कांग्रेसले पराजय भागेको उनीहरुले बताएका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।