१० साउन २०८३, आइतबार

जहाज नउडेपछि सडक मार्गबाट काठमाडौं फर्किदै प्रचण्ड

जहाज नउडेपछि सडक मार्गबाट काठमाडौं फर्किदै प्रचण्ड

काठमाडौं २३ पुस– मौसमका कारण चितवनको भरतपुर विमानस्थलबाट विमान नउडेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सडक मार्गहुँदै काठमाडौं फर्केका छन् । भरतपुर महानगरपालिकाको नगरसभा उद्घाटनका लागि प्रचण्ड बिहीवार भरतपुर गएका प्रचण्ड आइतवार पृथ्वी राजमार्ग हुँदै काठमाडौं फर्केका हुन् । 

प्रचण्ड शनिवार नै काठमाडौं फर्किने तयारी भएपनि विमान नउडेका कारण कार्यक्रम स्थगित भएको थियो । प्रचण्ड काठमाडौं फर्किएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता हुने सम्भावना रहेको माओवादी स्रोतले जनायो । 
अध्यक्ष ओली स्वास्थ्य जाँचका लागि बुधवार थाइल्याण्ड जाने भएकोले त्यस अगावै पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताएका थिए । 
सन्दर्भ तस्वीर : गेट्टी इमेज
 

salt training

कमेन्ट गर्नुहोस्