०७ साउन २०८३, बिहीबार

मुक्तिनाथ विकास बैंकको फाइदा एपमा ‘सेल्फ–रिन्यु’ सुविधा

जेठ १२, २०८३
काठमाडौं
मुक्तिनाथ विकास बैंकको फाइदा एपमा ‘सेल्फ–रिन्यु’ सुविधा

मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’मा नयाँ ‘सेल्फ–रिन्यु’ लगायतका सुविधा थप गरेको छ ।

यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।

अब ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजता अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप नवीकरण गर्न सक्नेछन् । त्यसको लागि एपमा लगइन गरी एक्सपायरी पप–अप देखिएपछि ‘रिन्यु नाउ’मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि नवीकरण शुल्कसम्बन्धी जानकारी तथा व्यवस्थापन पछि ‘कन्टिन्यु’ थिचेर आफ्नो ट्रान्जेक्सन पिन प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था रहेको छ ।

यस सेवाको साथमा बैंकले फाइदा एपबाट बैंक नगई ग्राहकले आफ्नो एनआईडी, प्यान तथा ईमेल पनि अपडेट गर्न सक्ने व्यवस्था मिलाइएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याइएको बैंकले जनाएको छ। मुक्तिनाथ फाइदा एपमार्फत् ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्