
काठमाडौं, २४ पुस–अदालतको मानहानीको आरोपमा डाक्टर गोविन्द केसी त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै सोमबार साँझ पक्राउ परे । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डाक्टर शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएसँगै केसीले अदालत मानहानी हुनेगरी अभिव्यक्ति दिएका थिए । सोहि प्रकरणमा परेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले उनलाई पक्राउ गर्न गृहमन्त्रालयलाई आदेश दिएको थियो ।
आदेशसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
केसीलाई पक्राउ गरिँदाको क्षणको भिडियो हेर्नुहोस्ः