
काठमाडौं, २५ पुस– डा. गोविन्द केसीलाई पक्राउ गरिएकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । गृहमन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले आफुलाई कुनै जानकारी नै नगराई रातारात पक्राउ गरिएको भन्दै प्रहरी प्रमुखसँग सोधखोज गरेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।
मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित हुन सर्वोच्चले आदेश दिए अनुसार केसी आफै अदालत जानेभन्दै प्रधानमन्त्रीले तत्काल अपराधीको शैलीमा पक्राउ गरिएको प्रति असन्तुष्टि जनाएको बुझिएको छ ।
केसीलाई सोमबार बेलुका अनशन स्थलबाटै प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध अदालतको मानहानी गरेको मुद्दा परेको छ ।