
काठमाडौं, २९ पुस – प्रदेश प्रमुख नियुक्तिमा सरकारले ढिलाइ गरिरहेका बेला निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा प्रभाव पर्न सक्ने भन्दै सरकारलाई तत्काल प्रदेश प्रमुख तोक्न पत्राचार गरेको छ ।
शुक्रबारसम्म मन्त्रिपरिषद्को निर्णय कुरेको आयोगले सरकारले प्रदेश प्रमुख नियुक्तिको निर्णय नगरेपछि पदाधिकारी बैठक बसेर राष्ट्रिय सभा निर्वाचनमा प्रभाव पर्न सक्ने भन्दै सरकारलाई तत्काल प्रदेश प्रमुख तोक्न पत्र काटेको हो ।
आयोगका निर्वाचन आयुक्त इला शर्माले सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्न आयोगले पत्र पठाएको बताइन्, नयाँ पत्रिकामा खबर छ ।