
काठमाडौं, – आन्तरिक पर्यटन प्रर्वद्धनलाई लक्षित गरेर चीनका प्रमुख मिडिया तथा समाचार संस्थाहरू चीनका अति सुन्दर तस्वीरहरू प्रकाशन र प्रसारण गरिरहेका हुन्छन् । पछिल्लो पटक नेपालको भूभागबाट सिन्ह्वाले खिचेका ३ तस्वीर आफ्नो ट्विटरमार्फत सार्वजनिक गरेको छ । प्राय चिनियाँ भूभागबाटै सगरमाथाको तस्वीर खिच्ने सिन्ह्वाको क्यामराले खिचेका कोमोलोङ्माका यी तस्वीरहरू साँच्चै सुन्दर छन् ।


