१० साउन २०८३, आइतबार

दुई कर्पोरेट मालिकको विवादः सुमार्गीको आरोपपछि बोल्यो कान्तिपुर

दुई कर्पोरेट मालिकको विवादः सुमार्गीको आरोपपछि बोल्यो कान्तिपुर

काठमाडौं, २ माघ– दुई कर्पोरेट मालिकबीचको विवाद उग्र बन्दै गएको छ । 

ब्यापारी अजयराज सुमार्गीले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पत्रकार सम्मेलन गरेको भोलिपल्ट कान्तिपुर पब्लिकेसनले सुमार्गीको आरोपको खण्डन   गर्दै मुख्य मुद्दाबाट ध्यान मोड्न कान्तिपुरविरुद्ध सुमार्गीले  गम्भीर आक्षेप लगाएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।  

कान्तिपुरले सुमार्गीलाई  सोमबार पत्रकार सम्मेलन गरेर लगाएको सबै आक्षेपलाई एक–एक गर्दै पुष्टि गर्न चुनौती समेत दिएको छ ।  अन्यथा समाचार प्रकाशन गरेकै कारण कहिले ज्यान मार्न खोजेको उजुरी दिने र कहिले कपोलकल्पित आरोपहरू लगाएर चरित्रहत्या गर्न खोज्ने सुमार्गी–प्रवृत्ति सजायको भागिदार हुनैपर्ने कान्तिपुरले  विज्ञप्तिमा उल्लेख गरेको छ । 

सुमार्गीबारेको समाचार शुद्धीकरण विभागले प्रहरीको सीआईबीसित मिलेर तयार पारेको अध्ययन प्रतिवेदनमा आधारित भएको पनि कान्तिपुरले जनाएको छ । 
‘देशभित्रबाट अनियमितता–सिर्जित कालो धन विदेश पु¥याउने, त्यसलाई ‘सेल कम्पनी’ मार्फत ‘विदेशी लगानी’ भन्दै ल्याउने र यहा“ ‘सेतो धन’ बनाएर फेरि विदेशतिरै फर्काउने ‘मनी लन्डरिङ’ को जुन सिलसिला चलिरहेको छ, त्यो रोकिनुपर्छ भन्ने हाम्रो मान्यता हो’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारी निकायहरूले ‘अवैध’ ठहर गरेको कारोबार एवम् रकम ‘वैध’ रहेको ठहर गर्ने र त्यसको कानुनी स्रोत खुलाउने जिम्मेवारी अब सुमार्गीको हो । उनले त्यसो गर्नुको साटो आफ्नो अवैध आर्थिक कारोबारबारे समाचार लेख्ने सञ्चारगृहविरुद्ध गरेको विषबमनको हामी घोर भत्र्सना गर्दछौं । उनले मुख्य मुद्दाबाट ध्यान मोड्न कान्तिपुरविरुद्ध सोमबार जे–जस्ता गम्भीर आक्षेप लगाएका छन्, ती सबैलाई एक–एक गर्दै पुष्टि गर्न हामी चुनौती दिन्छौं ।’

जग्गाबारे  सुमार्गीले अतिशयोक्तिपूर्ण तानाबाना बुनेर बदनाम गर्न खोज्नुको कुनै तुक नभएको भन्दै कान्तिपुरले भनेको छ–सुमार्गीसग त्यो जग्गाको एउटा कारोबारबाहेक कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाको कहिल्यै कुनै आर्थिक कारोबार भएको/गरिएको छैन । भूकम्पले हाम्रो भवन भत्किएका बेला निज आफैं हाम्रो तीनकुने कार्यालय परिसरमा एकपटक आएयता करिब अढाई वर्षको अवधिमा कहीं–कतै सम्पर्क, भेटघाटसमेत भएको छैन । यस्तो पृष्ठभूमिमा निजसग सम्पर्कमा रहेको या धम्क्याएको जस्ता सम्पूर्ण आरोपहरू बिल्कुलै निराधार हुन् ।
 
कान्तिपुरले उनीमाथि कारबाही अगाडि नबढाउन सम्पत्ति शुद्धीकरण विभागमाथि राजनीतिक शक्तिविशेषको तीव्र दबाब रहेको भन्दै  अवस्थाको अब अन्त्य हुनुपर्ने समेत बताएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्