३१ असार २०८३, बुधबार

फागुन १ देखि वैदेशिक रोजगारीमा जीवनबीमा रकम दोब्बर

कात्तिक २०, २०७४
फागुन १ देखि वैदेशिक रोजगारीमा जीवनबीमा रकम दोब्बर

काठमाडौँ, १२ माघ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई अबदेखि (म्यादी) जीवन बीमाबापत प्रतिव्यक्ति २० लाख रुपियाँ उपलब्ध गराउन निर्देशन दिएका छन् । यसअघि पाउँदै आएको रकमभन्दा यो दोब्बर हो ।CM
वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको स्वास्थ्य बीमा सुविधा साबिकको भन्दा विस्तार गरी जीवन बीमा, आयको नोक्सानीलगायत सुविधाका साथै मिर्गौला फेल, क्यान्सरजस्ता १५ प्रकारका घातक रोग लागेमा थप पाँच लाख बीमाङ्क बराबरको बीमा हुुने नयाँ व्यवस्था गरिएको छ । यी व्यवस्थासँगै बीमा रकम २० लाख रुपियाँ पुगेको आजको गोरखापत्रमा खबर छ |
प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरूङ र बीमा समितिका प्रतिनिधिहरूको उपस्थितिमा मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार पत्रकार सम्मेलनमार्फत यस्तो निर्देशन द्दिएका हुन् | साथै उनले यो व्यवस्था आउँदो फागुन १ गतेबाटै कार्यान्वयन गर्न निर्देशन दिए |

salt training

कमेन्ट गर्नुहोस्