
काठमाडौं, ३ माघ — इजरायलको एक न्युज वेबसाइटका अनुसार, सन् २०१६ को सेप्टेम्बरमा त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आफ्नी पत्नी साराका साथ स्वेनकीस्ट सिटीको ह्यारी किपरानी रेस्टुराँमा डिनर गर्न गएका थिए ।
उनी त्यहाँ पुग्नुअघि २० सुरक्षा गार्ड रेस्टुराँमा तैनाथ गरिए । नेतान्याहु त्यहाँ पुग्दा उनका २० एजेन्ट त्यहाँ उपस्थित थिए ।
खाना खाँदै गर्दा नेतान्याहुले बाथरूम ब्रेक लिए । सुरक्षाका कारण २० गार्ड बाथरूमसम्म गए भने केही चाहिँ उनीसँगै भित्र गए । बाँकी बाहिर तैनाथ रहे ।
यसबीचमा कसैलाई पनि बाथरूममा प्रवेश गर्न दिइएन ।
इजरायल र त्यहाँका नेतालाई जतिखेर पनि सुरक्षाको उच्च बन्दोबस्त गरिएको हुन्छ । मध्यपूर्वको एक्लो यहुदी देश इजरायलको सुरक्षा बजेट दुई लाख करोड रुपैयाँ छ । त्यहाँको वायुसेना अमेरिका, रुस र चीनपछि चौथो नम्बरमा आउँछ ।
आफ्नै स्याटेलाइट सिस्टम भएका नौ मुलुकमा इजरायल पनि पर्छ । उनीहरू स्याटेलाइट कसैसँग पनि शेयर गर्दैनन् ।
इजरायलका प्रधानमन्त्रीको सुरक्षा गर्ने एजेन्सीको नाम साइन बेट हो । साइन बेट र अमेरिकाको सिक्रेट सर्भिसमा खासै अन्तर नरहेको बताइन्छ ।
एजेन्सी