
बुटवल, ३ माघ – सरकारले रूपन्देहीलाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि यहाँका राजनीतिक दल, संघ÷संस्था र स्थानीयहरुले बुधबार साँझ विभिन्न स्थानमा दिपावली गरेका छन् ।
कांगेस रूपन्देहीले बुटवलको पुष्पलाल पार्क, मिडियाचोक, मणिग्राम र देवदहमा साँझ दिपावली गरेको छ ।
त्यस्तै एमाले रूपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै यस क्षेत्रका जनताको चाहनाको कदर गर्दै रुपन्देहीलाई राजधानी तोकिएको भन्दै आ–आफ्नो घर र चोक–चोकमा दिपावली गर्न आग्रह गरेका छन् ।
रूपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले उद्योग व्यवसायको हवको रुपमा विकास भएको रुपन्देहीले सरकारले राजधानी घोषणा गरेपछि आफूहरू आ–आफ्नो उद्योगहरुमा दिपावली गरिएको जानकारी दिए ।
त्यस्तै बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्यालले भोलि बिहीबार भव्यताका साथ दिपावली गर्ने जानकारी दिए । त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देही भोलि बिहीबार बिहान पुष्पलाल पार्कमा दिपावली गर्ने जानकारी दिएको छ ।