०३ असार २०८३, बुधबार

अब सबैको ध्यान विकास र समृद्धिमा : ओली

माघ ४, २०७४
अब सबैको ध्यान विकास र समृद्धिमा : ओली

काठमाडौं, ४ माघ–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोनम ल्होछार–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । 

आज दिनुभएको एक शुभकामना सन्देशमा अध्यक्ष ओलीले सोनाम शब्दले खेतीपातीसँग पुण्यकार्यको अर्थ पनि बुझाउने हुनाले यसलाई सोनाम (कृषक) ल्होछार भन्ने गरिएको बताउनुभएको छ । नेपालमा १२५ जाति र १२३ भाषाभाषी भएको देश हो, यहाँ बसोबास गर्ने हरेक जातिका आफ्ना आफ्नै संस्कृतिहरु छन् । 

एक जातिको संस्कृति र चाडपर्वमा अर्को जातिले पनि साथ दिने हाम्रो परम्परागत प्रचलन रहेको उहाँले बताउनुभएको छ । नेपालको जातीय सद्भावलाई बिथोल्न केही समय अगाडि धेरै प्रयास भए । तर नेपालीले यस्ता तत्वलाई बेलैमा पहिचान गरेर पाखा लगाए । 

जातीय एकता, धार्मिक सहिष्णुता नेपालका पहिचान हुन् । यसको संरक्षणमा सबैको ध्यान जानु जरुरी हुन्छ, सन्देशमा उल्लेख छ । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमा मूलतः राजनीतिक संक्रमणकाल सकिएको छ । त्यसकारण अब सबैको ध्यान विकास र समृद्धिमा छ । 

देशको मूल प्राथमिकतालाई सम्पूर्ण तामाङ समुदायले पनि साथ र सहयोग दिनेछन् भन्ने विश्वास लिएको पनि ओलीले बताउनुभएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्