
काठमाडौं, ७ माघ — इंग्लिश प्रिमियर लीगमा म्यानचेस्टर सिटीको प्रभावशाली प्रदर्शन कायमै छ ।
शनिवार भएको खेलमा सिटीले सर्गिओ अग्वेरोको ह्याटट्रिसँगै न्युकासल युनाइटेडलाई ३–१ गोलअन्तरले हरायो ।
अग्वेरोले ३४, ६३ र पेनाल्टीमा ८३ मिनेटमा गोल गरेका थिए । न्युकासलको एक मात्र गोल मर्फीले ६७औं मिनेटमा गरे ।
यो जीतसँगै म्यानचेस्टर सिटी २४ म्याचमा ६५ अंकका साथ शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानमा रहेको म्याचनेस्टर युनाइटेडको ५३ अंक छ । सिटीले नै यस वर्षको प्रिमियर लीग जित्ने लगभग पक्का छ ।
लीगमा सिटीको १४ वटा खेल बाँकी छ र त्यसमा १० जीत तथा एक बराबरी गराउन सिटी सफल भएमा चेल्सीले सन् २००४–०५ मा बटुलेको ९५ अंकलाई उछिन्नेछ ।
सर्गिओ अग्वेरोले सिटीका लागि ११औं ह्याटट्रिक गरेका हुन् । यो सीजनमा उनको दोस्रो ह्याटट्रिक हो ।
बीबीसीबाट