०७ साउन २०८३, बिहीबार

शितलहरले प्रभावितलाई आइएमई फाउन्डेशनद्वारा ब्ल्याङ्केट वितरण

शितलहरले प्रभावितलाई आइएमई फाउन्डेशनद्वारा ब्ल्याङ्केट वितरण

काठमाडौं, ६ माघ- विगत केहिदिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरुका लागिआइएमई फाउन्डेशनले ब्ल्याङ्केट वितरण गरेको छ । प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यवसायीक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका–०३, जम्दह रकल्याणपुर नगरपालिका–०७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका–०९,मलेठ र खड्क नगरपालिका–०३, बानरझुलामा रहेका आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो । 


आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो ।  आइएमई ग्रुपलेसंस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धितक्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दैआएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्