२१ जेठ २०८३, बिहीबार

नेपाल सरकारले नै भन्यो- भारतले सीमा मिचेको छैन

नेपाल सरकारले नै भन्यो- भारतले सीमा मिचेको छैन
मिचिएको भनिएको सीमा क्षेत्रमा पुगेको नेपाली टोली

काठमाडौं, ७ माघ- नेपाली भूमि भारतले अतिक्रमण गरेको भन्ने चर्चा चलिरहेका बेला सरकारले भने भूमि नमिचिएको प्रष्ट पारेको छ । नेपाल सरकार, भूमिसुधार मन्त्रालयअन्तर्गत नापी विभागले आइतबार पत्रकार सम्मेलन गरी पर्सामा भारतले नेपाली भूमि मिचेको भन्ने भनाईमा सत्यता नरहेको प्रष्ट पारेको हो ।

'वीरगञ्ज सिर्सिया क्षेत्रमा नदी सिमानाले स्थिर सीमा सिद्धान्त अपनाएका कारण कुनै-कुनै स्थानमा नेपालको भनी बुझिएको भूमि भारततर्फ र भारत भनी बुझिएको भूमि नेपालतर्फ पर्ने गएको अर्थात् Cross Border Occupation भएको भए तापनि यसबाट एक देशले अर्को देशको भूमि मिचेको भन्ने भनाईमा सत्यता नहुने र सञ्चार माध्यमहरुमा आएबमोजिम उक्त क्षेत्रमा ५० विगाहा भूमि भारततर्फ पर्न गएको भनाईमा समेत सत्यता नरहोको व्यहोरा अनुरोध गरिन्छ,' विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नदीको बहाबमा आएको परिवर्तनका कारण यताउता परेको भूमिबारे तथ्याङ्क संकलन भइरहेको पनि विभागले जनाएको छ ।

'सिर्सिया क्षेत्रमा लापुर्जा उपलब्ध गराइएको केही जग्गा भारततर्फ पर्न गएको हो । यसैगरी भारततर्फको केही जग्गा नेपालतर्फ पर्न गएको व्यहोरासमेत अवगत गराउन चाहन्छु, विज्ञप्तिमा भनिएको छ, 'यसरी स्थिर सीमा सिद्धान्त अपनाएका कारण एक अर्कोतर्फ पर्न गएका जग्गाहरुको उचित व्यवस्थापन गर्न तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ ।'

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :

salt training

कमेन्ट गर्नुहोस्