१५ असार २०८३, सोमबार

भारतबाट मोटरसाइकल चोरेर रूपन्देहीमा बलुको हत्या, तीनवटा घटनामा एउटै पेस्तोलको प्रयोग

माघ ७, २०७४
भारतबाट मोटरसाइकल चोरेर रूपन्देहीमा बलुको हत्या, तीनवटा घटनामा एउटै पेस्तोलको प्रयोग

बुटवल, ७ माघ– रूपन्देहीको देवदहका काठ व्यवसायी बसन्त पौडेल (बलु) को हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी सुनवल–७ अस्नैया बस्ने ३६ वर्षीया पदम चौधरी र नवलपरासी डुमराहा–५ बस्ने ३६ वर्षीया महेन्द्र भनिने महिनारायण चौधरीलाई केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले पक्राउ गरी सार्वजनिक गरेको हो । गत पुस २१ गते पौडेलको आफ्नै फर्निचर उद्योगमा गोली प्रहार हानी हत्या भएको थियो । 

पदमलाई चितवन र मैनारायणलाई पोखराबाट पक्राउ गरी आइतबार बुटवलमा सिआईबी, जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । केन्द्रीय अनुसन्धान व्यूरोका एसएसपी घनश्याम अर्यालले बलुलाई फर्निचर उद्योगका गोली प्रहार गर्ने मैनारायण रहेको अनुसन्धानबाट देखिएको बताए ।

मैनारायणले गोली प्रहार गरेको, पदम, मोटरसाइलक व्यवस्थापन गर्ने, बाटोको सेटिङ मिलाउने, पौडेलको फर्निचन उद्योगको बेला–बेलामा अवलोकन गर्ने गरेको अुनसन्धानबाट देखिएको प्रहरीले बताएको छ । ‘हामी घटनाको धेरै नजिक पुगेका छौ,’ अर्यालले भने, ‘दुर्गा तिवारी, बलुको हत्या र सिरिसा मार्वलमा गोली प्रहार गर्ने एउटै पेस्तोल प्रयोग भएको पाइयो । अब छिट्टै घटनाको मुख्य अभियुक्त मनोज पुन पनि पक्राउ पर्नेछन् ।’ तिवारी र पौडेल साथी हुन् । उक्त पेस्तोल पदको घर सुनवल ७ अस्नैयाको घरपछाडि जमिनमुनि गाडेको अवस्था प्रहरीले फेला पारेको हो । पदमले हतियार व्यवस्थापन गरेबापत हुन्डीमार्फत विदेशबाट पैसा आएको देखिएको हो । 

‘तीनवटै घटनामा प्रयोग भएको इटालिएन पेस्तोल रहेछ । अभियुक्तसँगै उक्त हतियार पत्ता लगाउँदा अब मनोज पुनलाई पनि छिट्टै पक्राउ पर्नेछ,’ अर्यालले भने । घटनामा प्रयोग भएको लु ४ प १४ नम्बरको मोटरसाइकल, इटालिएन पेस्तोल १ थान, कटुवा पिस्तोल–२ पिस्तोलमा लागेको गोली राउण्ड–९ थान, कुटवा पेस्तोलमा लाग्ने गोली ५ राउण्ड, घटनास्थलमा फेला परेको बुलेट १ थान र नगद ९९ हजार समेत बरामद गरेको छ । 

घटनामा प्रयोग भएको मोटरसाइकल भारतको बिहारको भैसिका भन्ने ठाउँका विनय कुमारको रहेको पाइएको छ । अभियुक्तहरुले उक्त मोटरसाइकललाई नेपाल ल्याइ नक्कली नम्बर प्लेट राखी घटनामा प्रयोग गरेको देखिएको हो । 

जिल्ला प्रहरी कार्यालय, रूपन्देही प्रहरी उपरीक्षक श्याम ज्ञवालीले मनोजसँग नडराउन सबैसँग आग्रह गरे । उनले भने, ‘घटनामा प्रयोग भएको हतियार कब्जामा आयो । अब प्रहरीले अपराधको जालो तोडछ । अब रूपन्देही लगायत यस क्षेत्रका उद्योगी÷व्यसायी क्रसित हुन पर्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्