२६ असार २०८३, शुक्रबार

नगरसभामा १३ वटा ऐन, नियमावली र निर्देशिका प्रस्तुत

माघ ८, २०७४
नगरसभामा १३ वटा ऐन, नियमावली र निर्देशिका प्रस्तुत

तिलोत्तमा, ८ माघ –  तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा मणिग्राममा सुरु भएको छ । विधान अधिवेशनको रुपमा लिइने हिउँदे नगरसभामा विभिन्न १३ वटा ऐन, नियमावली र निर्देशिका प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको छ । 
संघीय सरकारले तयार पारेको कानुनको ढाँचालाई आधार मानी तयार गरिएका शिक्षा, सहकारी, कृषि व्यवसाय प्रवद्र्धन, बजार अनुगमनलगायतका विभिन्न ऐन, नियमावली र निर्देशिका नगरसभामा प्रस्तुत गरिने नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । यीमध्ये शिक्षा र सहकारी ऐनलाई बढी चासोको रुपमा हेरिएको छ । 

नगरसभामा प्रस्तुत भएका ऐन, नियमावली तथा निर्देशिकाउपर दफाबारे छलफल हुने नगरपालिकाले जनाएको छ । तिलोत्तमा नगरपालिकाले नेपालको संविधान २०७२ को अनुसुची ८ ले दिएको अधिकारलाई प्रयोग गरी हिउँदे नगरसभाबाट स्थानीय कानुन निर्माण गर्न थालेको हो । 

सोमबारबाट सुरु भएको दोस्रो नगरसभा उद्घाटन कार्यक्रमका वक्ताहरुले स्थानीय सरकारको अनुभूति नगरबासीलाई दिलाउने गरी कानुन निर्माण गर्न नगरसभा सदस्यहरुलाई आग्रह गरे । प्राथमिकताका आधारमा विकास निर्माणका काम गर्नुपर्नेमा जोड दिँदै वक्ताहरुले योजनाबद्ध विकासका कामलाई अघि बढाइनुपर्ने बताए । 
नगरसभाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य दधिराम न्यौपानेले आमजनताको पहुँचमा पुग्नेगरी स्थानीय कानुन बनाउन नगरसभा सदस्यहरुलाई आग्रह गरे । 
तिलोत्तमा नगरमा विकासका पर्याप्त सम्भावना रहेको औंल्याउँदै उनले यस क्षेत्रको विकासका लागि आफू सधैं प्रतिबद्ध रहेको बताए । अब विकासका धेरै काम स्थानीय सरकारबाट हुने बताउँदै उनले साना–तिना योजनाका लागि केन्द्रमा धाउनुनपर्ने प्रष्ट्याए । 

अर्का प्रदेशसभा सदस्य तुलसी चौधरीले तिलोत्तमाको विकासका लागि बजेट जुटाउन यस क्षेत्रका सबै सांसदहरु एकैं ठाउँमा उभिने बताउँदै योजनाहरु बनाउन नगरपालिकालाई सुझाव दिए । यस्तै प्रदेशसभा सदस्य रमा अर्यालले सडकको ममर्तसम्भारमा विशेष ध्यान दिन स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्दै विकासका काम प्राथमिकताका आधारमा हुनुपर्ने उल्लेख गरे । 

यसैगरी अर्का प्रदेशसभा सदस्य बलदेव शर्मा पोख्रेलले नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवद्र्धन अभियानमा सबै नगरबासीले साथ दिनुपर्नेमा जोड दिए । यस्तै प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले जनतालाई परिवर्तनको अनुभूति दिलाउने गरी नयाँ ढंगले विकासका कामहरु गर्नुपर्ने बताए । 
ननगरसभामा नगर प्रमुख वासुदेव घिमिरेले हालसम्म भएका कामहरुको प्रतिवेदन पेस गर्दै विकास÷निर्माणका काममा नगरबासी सबैको एउटै दृष्टिकोण हुनुपर्छ भन्नेमा नगरपालिका दृढ रहेको बताए ।
 नगरपालिकालाई विकासका दृष्टिकोणले नमूना बनाउन आफूहरु दत्तचित्त भएर लागेका बताउँदै उनले विकास÷निर्माणका काममा आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन र रचनात्मक सुझाव, सल्लाह दिन सबै नगरबासीलाई आग्रह गरे । 
नगर उप–प्रमुख जागेश्वरी चौधरीले नगरसभाले स्थानीय आवश्यकतालाई सम्बोधन गर्नेगरी कानुन निर्माण गर्ने विश्वास व्यक्त गरिन् । 
एकीकृत गुरुयोजना निर्माण सुझाव समितिका संयोजक गोपाल भट्टराई, नेकपा एमालेका यज्ञ गैरे, नेपाली कांग्रेसका हरिलाल पाण्डे, नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डे, जनमोर्चाका बालानन्द घिमिरे, रेडियो लुम्बिनीका अध्यक्ष मोहन चापागाईं, स्रोह मौंजा सिंचाइ प्रणालीका माधव पाठक र तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीलगायतले बोलेका थिए । 
नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता, उप–प्रमुख जागेश्वरी चौधरीको सञ्चालन, प्रवक्ता सुरेन्द्र श्रीको धन्यवाद तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम भएको हो । नगरसभाको अर्को बैठक यहीँ माघ ११ गते दिउँसो १ बजे डाकिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्