
कालीकोट, ९ माघ– जिल्लाको पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षाको गुणस्तर वृद्धि गर्न शैक्षिक नीति बनाएको हो ।
गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत लगानी गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ । कम्प्युटर र अंग्रेजी भाषा शिक्षा अनिर्वाय, विद्यालयमा प्रधानाध्यापकबाहेक अन्य शिक्षक शिक्षिकाहरुलाई विद्यालय अवधिमा मोवाइल निषेध गर्ने नीति पनि सार्वजनिक गरेको छ, कारोबारमा खबर छ ।