
काठमाडौं, ९ माघ– नेकपा एमालेले सांसद तथा पूर्व डीआईजी नवराज सिलवालको विषयमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकपछि जारी विज्ञप्तिमा सिलवालका बारेमा अतिरञ्जित प्रचार भएको भन्दै यस्ता गतिविधि बन्द गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।
“ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ,” बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले सिलवाल बोलाउँदा पनि नआएको भन्दै उनको नाममा डिफ्युजन नोटिस जारी गरेको थियो ।