२१ असार २०८३, आइतबार

राष्ट्रियसभा उम्मेदवार चयन गर्न प्रमुख तीन दल आन्तरिक छलफलमा

राष्ट्रियसभा उम्मेदवार चयन गर्न प्रमुख तीन दल आन्तरिक छलफलमा

काठमाडौं, ९ माघ– राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार चयन गर्न प्रमुख तीन दल आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचन कार्यतालिका अनुसार भोली मनोनयन दर्ता गराउनुपर्ने भएकाले दलहरुले उम्मेदवार चयन प्रक्रियालाई तीब्रता दिएका हुन् ।

हिजो प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको एमालेले बाँकी उम्मेदवारको आज टुंगो लगाउने भएको छ । यसका लागि एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी ओली निवासमा विहान ११ बजेपछि बस्ने बैठकले प्रदेश १, २, ३ र ४ को टुङ्गो लगाउने ओलीको सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रको बैठक ललितपुरको खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको छ । माओवादी केन्द्रले उम्मेदवार चयनको जिम्मा शीर्ष ३ नेतालाई दिएपछि अध्यक्ष दाहालसहित नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच अहिले छलफल भईरहेको छ । आज साँझसम्म सबै प्रदेशको टुङ्गो लगाउने माओवादीको तयारी छ । 

उम्मेदवार चयन गर्न सत्तारुढ नेपाली कंग्रेसको बैठक पनि अहिले केहीबेरमा बस्दैछ । ७ नम्बर प्रदेशबाट उम्मेदवारको टुङ्गो लागिसकेको जनाएको कांग्रेसको बैठक बालुवाटारस्थित प्रधानमन्त्री शेरवहादुर देउवाको सरकारी निवासमा बस्न लागेको हो । बैठकमा राजपा नेपाल र संघीय समाजवादी फोरमसँगको तालमेलका बारेमा छलफल हुने बताइउको छ । 

salt training

कमेन्ट गर्नुहोस्