काठमाडौं १२ माघ–नेपाल मजदुर किसान पार्टीले निर्वाचन परिवेक्षक गर्न विदेशी संस्थालाई दिन नहुने बताएको छ ।
निर्वाचन आयोग विधेयक २०७३ माथि व्यबस्थापिका संसदको बैठकमा बुधवार भएको छलफलमा नेमकिपा सांसद डिल्ली काफ्लेले चुनावको परिवेक्षण गर्ने अधिकार विदेशी संघ संस्थालाई दिन नहुने बताएका हुन् ।
‘निर्वाचनको समयमा भोज भतेर गर्नेको उमेदवारी किन रद्द नगर्ने ? र निर्वाचनको समयमा भारतीय नम्वर प्लेटका सवारी साधन राख्न नपाउने भनेर राखेको संशोधन किन अस्वीकार गरियो’ उनले प्रश्न गरे ।