०७ असार २०८३, आइतबार

आर्सनल काराबाओ फुटबलको फाइनल प्रवेश, उपाधिका लागि सिटीसँग भिड्ने

आर्सनल काराबाओ फुटबलको फाइनल प्रवेश, उपाधिका लागि सिटीसँग भिड्ने

काठमाडौं, ११ माघ– आर्सनल काराबाओ फुटबलको फाइनलमा पुगेको छ । लण्डन प्रतिद्वन्द्वी चेल्सीलाई हराउँदै आर्सनल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

गएराति आर्सनलको मैदानमा भएको सेमिफाईनल दोस्रो लेगको खेलमा घरेलु टोली २–१ ले विजयी भयो । जितसँगै आर्सनलले म्यान्चेस्टर सिटी विरुद्धको उपाधि भिडन्त तय गरेको छ । पहिलो लेगमा गोलरहित बराबरी खेलेका दुई टोलीबीच गएराति भएको भिडन्तमा चेल्सीले अग्रता लियो ।

सातौं मिनेटमै एडिन हाजार्डले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिए । तर १२ औं मिनेटमा एन्टोनियो रुडिगरले आत्माघाति गोल गरेपछि आर्सनलले खेलमा बराबरी गर्ने अवसर पायो ।

६० औं मिनेटमा ग्रानिट झाकाले एक गोल थप्दै आर्सनललाई विजयी गराए । पहिलो सेमिफाइनलमा ब्रिस्टोल सिटीलाई पाखा लगाउँदै म्यान्चेस्टर सिटी काराबाओ कप पनि भनिने लिग कप फुटबलको फाइनलमा पुगेको थियो ।
 

कमेन्ट गर्नुहोस्