१६ असार २०८३, मंगलबार

तोकेभन्दा बढी शुल्क असुल्दै चितवन मेडिकल कलेज

माघ ११, २०७४
तोकेभन्दा बढी शुल्क असुल्दै चितवन मेडिकल कलेज

चितवन, ११ माघ– चिवन मेडिकल कलेज भरतपुरले एमबिबिएस अध्ययनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेभन्दा १२ लाख बढी लिने गरेको पाइएको छ । 

ट्युसन, लाइब्रेरीलगायत विभिन्न शीर्षकमा कलेजले थप शुल्क लिएको अनुगमनका क्रममा भेटिएको हो । 

जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार गरेको अनुगमनमा कलेजले एमबिबिएस अध्ययनका लागि नयाँ भर्नामा सरकारले तोकेको ४२ लाख ४५ हजारबाहेक विभिन्न शीर्षमा थप १२ लाख लिने गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले बताए, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्