०३ असार २०८३, बुधबार

तरलता अभाले बज्न थाल्यो खतराको घन्टी

माघ ११, २०७४
तरलता अभाले बज्न थाल्यो खतराको घन्टी

काठमाडौं ११ माघ-  राष्ट्र बैंकका कार्यवाहक गर्भनर चिन्तामणि शिवाकोटीले बैंकको कर्जा, पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.९ प्रतिशत पुगेको बताएका छन्। वाणिज्य बैंकहरूको सीसीडी रेसियो अन्तिम विन्दुमा पुगेकाले अर्थतन्त्रमा चुनौती थपिएको छ। बैंकहरूको ध्यान निक्षेप संकलनभन्दा कर्जा प्रवाहमा केन्द्रित भएकाले पनि यस्तो अवस्था आएको हो। ‘कतिपय बैंकको सीसीडी रेसियो राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा माथि पुग्न लागेको छ', उनले भने ‘ राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा बढी कर्जा प्रवाह गर्दा कतिपय बैंकलाई कारबाही गर्नु पर्ने अवस्था आएको छ।' राष्ट्र बैंकले कुल निक्षेपको ८० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ।

यस वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स वृद्धि दर नकरात्मक छ। शोधनान्तर बचत घाटामा हुनका साथै व्यापार घाटा चुलिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्