काठमाडौं, २६ मंसिर– चीनको दक्षिण पूर्वीय क्षेत्रमा रहेको समुन्द्रको बीचमा १३ सय बर्षदेखि टांका समुदायका मानिसहरु बस्दै आएका छन् । उक्त गाउँमा ७ हजार मान्छेहरु बसोवास गर्छन् । जो जमिनमा आउनै चाहँदैनन् ।

टांका समुदायका मानिसहरुको मुख्य पेशा माछा मार्ने हो ।
धेरै बर्ष पहिला चीनियाँ शासकको उत्पीडनमा परेका टांका समुदायका मानिसहरु समुन्द्रको बीचभागमा घर बनाएर इस्वी संवत ७०० देखि बसोबास गर्दै आइरहेका छन् । उनीहरु अहिलेसम्म पनि आधुनिक जीवनशैलीबाट बेखबर छन् र पुरानै जीवनशैलीमा रमाइरहेका छन् ।
चीनको दक्षिण पूर्वीय क्षेत्रमा रहेको समुन्द्रको मध्यभागमा करिब ७ हजार माझी समुदायका मानिसहरु परम्परागत डुँगामा घर बनाएर बस्दै आएका छन् ।
चीनका फुजियान राज्यको दक्षिण पूर्वीय क्षेत्र निंगडे शहरको छेउमा रहेको समुन्द्रको बीच भागमा टांका समुदायको बस्ती छ ।

टांका समुदायलाई जिप्सीज अफ दी सी पनि भनिन्छ । इस्वी संबत ७०० मा चीनमा तांग राजवंशको राज्य थियो । त्यसबेला टांका समुदाय युद्धबाट बच्नको लागि समुन्द्री तटमा डुंगामा बसोबास गर्ने गर्थे ।
त्यसबेला देखि उनीहरुलाई जिप्सीज अफ दी सी भनेर चिनिन्छन् । उनीहरु कहिलेकाहीँ मात्रै जमिनमा आउने गर्छन् । टांका समुदायको जनजातीको पूरै जीवन समुन्द्री तटमा माछा मार्दै वित्ने गर्छन् । जमिनमै आउनै नपरोस भन्ने उदेश्यले उनीहरुले समुन्द्रमै ठूला ठूला काठहरु मिलाएर ठूलो आँगन निर्माण गरेका छन् ।

चीनमा कम्युनिष्ट शासन रहुन्जेल जमिनमा नटेक्ने र आफ्नो बस्ती बाहिरका व्यक्तिसँग विवाहको सम्बन्ध पनि नराख्ने परम्परा छ ।
हालै चीनियाँ सरकारले ती बस्तीमा रहेका केही मानिसलाई समुन्द्री तटमा घर बनाएर बस्ती बसाल्न प्रोत्साहन गरिएको छ । तर अधिकांश व्यक्ति भने समुन्द्री तटमै बस्न रुचाउँछन् । एजेन्सी