२१ जेठ २०८३, बिहीबार

परुषमा कडाखालको मानसिक रोग बढ्दो

माघ १८, २०७४
परुषमा कडाखालको मानसिक रोग बढ्दो

काठमाडौं, १८ माघ– राजधानीका विभिन्न अस्पतालको तथ्यांक हेर्दा पछिल्लो समयमा महिलामाभन्दा पुरुष मानसिक रोगीको संख्या बढी देखिएको छ । चिकित्सा विज्ञानले मानसिक रोगलाई दुई भागमा विभाजन गरेको छ , कम कडा र कडा ।  

पुरुषहरुको हकमा कडाखालका मानसिक रोग देखिने गरेको विशेषज्ञहरु बताउँछन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दैनिक ८० देखि एकसय मानसिक बिरामी आउँछन् । 

जसमा १५ देखि २० जनामा कडाखाले बिरामी देखा परेको अस्पतालको मानसिक स्वास्थ्य विभाग प्रमुख डा. सरोजप्रसाद ओझाले बताए । अस्पतालको तथ्यांकअनुसार कडाखाले मानसिक रोग २० देखि ३० वर्ष उमेरका पुरुषमा बढी देखिएको छ, कान्तिपुरमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्