
काठमाडौं, १८ माघ– भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छिन् ।
विशेष विमानबाट आएकी स्वराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले स्वागत गरेका छन् ।
स्वराजले आफ्नो भ्रमण दुई देशबीचको सद्भावको लागि भएको बताएकी छिन् ।
विमानस्थलबाट स्वराज सोल्टी होटल जाने छिन् । सोल्टीमा उनको सम्मानमा एमालेले रात्रीभोजको आयोजना गरेको छ जहाँ एमाले अध्यक्ष केपी ओलीसहित एमालेका नेताहरुसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षसँग भोली भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।