चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
माघ १८, २०७४
काठमाडौं, १८ माघ-नेपाल संघीय संरचनामा गएपछि प्रदेशसभाको पहिलो अधिवेशन प्रदेश नम्बर ३ बाट शुरु भएको छ । हैटौंडामा बिहीबार प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक बस्यो ।
बैठकको अध्यक्षता एमालेका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य डोरमणि पौडेलले गरे ।
यो ऐतिहासिक जिम्मेवारी बहन गर्न पाएकोमा जेष्ठ सदस्य पौडेल निकै खुशी छन् । पहिलो बैठकको अध्यक्षता गर्नुभयो, कस्तो महसुस हुँदैछ भन्ने लोकान्तरको प्रश्नमा पौडेलले आफूलाई गर्व लागेको सुनाए । 'अब यो ऐतिहासिक महत्त्वको कुरा हो, निकै गौरवान्वित छु,' पौडेलले भने ।
बिलकुलै नयाँ संरचना भएकाले पौडेल करिब १ महिनाअघि देखि नै मानसिकरूपमा तयार हुँदै थिए । 'एक महिनाअघि देखि नै यो ऐतिहासिक जिम्मेवारी बहन गर्नुपर्छ भन्ने थाहा थियो, तयारी पनि गरिरहेको थिएँ,' उनले भने, 'यो नयाँ संरचना हो, हामीलाई अनुभव छैन नि त !'
प्रदेश नम्बर ३ मा एमालेको एकल बहुमत छ । माओवादीसँग समेत मुख्यमन्त्री र सभामुख दुवै एमालेले पाउने सहमति भइसकेको अवस्थामा पौडेललाई सभामुखकै रूपमा निरन्तरता दिने कि भन्ने कुरा एमालेभित्र उठेको छ । तर पौडेल स्वयंको रूची भने मुख्यमन्त्री बन्नेमा छ ।
'यो जिम्मेवारी मेरो आत्मसन्तुष्टिको विषय चाहिँ होइन । यहाँ लिमिटेसन छ, तोकिएको कुरा बोल्नुपर्छ, अलि काम नहुने खालको पद हो,' पौडेलले भने, 'अति सम्मानित पदलाई अस्वीकार गरेर हुँदैन भन्न त मिल्दैन, तर मेरो रुची मुख्यमन्त्रीमै हो ।'
पौडेल आफूलाई मुख्यमन्त्रीका लागि सबल र सक्षम उम्मेदवार ठान्छन् । तै पनि उनलाई पार्टीले गर्ने निर्णय स्वीकार्य छ । 'हामी पार्टीप्रति जिम्मेवार छौँ, पार्टीले जे निर्णय गर्छ त्यो स्वीकार्य छ,' पौडेलले भने, 'म मुख्यमन्त्रीका लागि सबल र सक्षम उम्मेदवार चाहिँ हुँ ।'
प्रदेश ३ का माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल पूर्वसभासद् पनि हुन् ।
अहिले प्रदेशसभा सदस्यको रूपमा बैठकमा सहभागी हुँदा उनले आफूलाई खासै नौलो महसुस नभएको बताए । 'विधि र प्रक्रियाको हिसाबले फरक छैन । यो पनि जनप्रतिनिधिहरुकै सभा हो,' जम्कट्टेलले लोकान्तरसँग भने, 'पहिले अधिकार माथि मात्र थियो, तल थिएन । अब झन जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न सकिन्छ, यो महत्त्वपूर्ण कुरा हो ।'
जम्कट्टेल प्रदेश नम्बर ३ प्रदेशहरूमध्ये नेतृत्वदायी भूमिकामा रहने ठान्छन् । '३ नम्बर प्रदेश मुलुककै सबैभन्दा नेतृत्वदायी प्रदेशको रूपमा रहेको छ । भूगोल, स्रोत साधन र जनसंख्याका हिसाबले पनि राज्यसंग टकराउने प्रदेश यो हो जस्तो लाग्छ,' उनले भने ।
उनी मुलुक एकात्मक राज्य व्यवस्थाबाट संघीय संरचनामा गएकाले यसमा गर्व गर्नुपर्ने बताउँछन् ।
प्रदेश नम्बर ३ कै सबैभन्दा कान्छी प्रदेश सांसद सृजना सैँजु बुधबार भक्तपुरबाट हेटौँडा पुगिन् ।
संसद सदस्यको रूपमा बैठकमा सहभागी हुन पाएकोमा उनी दंग छिन् । 'खुशी लाग्यो, निकै उत्सुकताका साथ सहभागी भएकी थिएँ । सम्पूर्ण दलका मान्यजीहरुले बोल्नुभयो । हाम्रो पार्टीको तर्फबाट सुरेन्द्र गोसाईँले मन्तव्य राख्नुभएको थियो,' उनले भनिन् ।
उनी आफूसँगै बसेका केही सांसदहरुसँग घुलमिल पनि भइन् । मिडियाले पनि उनलाई पछ्याएका थिए । 'विवेकशील साझाका सांसदहरु संगै बस्नुभएको थियो, अर्कोतर्फ स्वतन्त्र हुनुहुन्थ्यो, उहाँहरुसँग र मिडियासँग पनि कुराकानी भयो,' उनले भनिन् ।
सैँजु नेमकिपाबाट निर्वाचित सदस्य हुन् ।
सांसदहरुलाई दौडधुप
सरकारले हेटौंडालाई प्रदेशको राजधानी तोकेपछि काठमाडौं र त्यसपूर्वका विभिन्न जिल्लाका सांसदहरुलाई जान/आउन दौडधूप पर्यो । राजधानी नै अस्थायी भएकाले हैटौंडामा स्थायी बसोबासको व्यवस्था अधिकांशले गरेका छैनन् । बुधबार फोन गर्दा सांसदहरु हैटौंडा जाँदै गरेको बताउँदै थिए भने, बिहाबार दिउँसो फर्किँदै गरेको ।
बुधबार नै हैटौंडा पुगेका जम्कट्टेल पनि बिहीबार नै फर्किए । भौगोलिकरूपमा केही टाढा भए पनि आफूहरुले खासै अप्ठ्यारो महसुस नगरेको उनी बताउँछन् ।
'त्यस्तो अप्ठ्यारो भएको छैन । अहिलेसम्म त हामीले राजधानीबारे बहस नै गरेका छैनौँ । हेटौँडा पनि हाम्रै प्रदेशभित्रको एउटा भू-भाग हो । राजधानी कहाँ बनाउने भन्ने विषयमा पछि बहस हुन्छ,' उनले भने ।
जम्कट्टेल धादिङ १ (ख) बाट निर्वाचित सदस्य हुन् ।
बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य पौडेल पनि सांसदहरुलाई असहज भएको स्वीकार्दैनन् । प्रदेश राजधानीले सेवाग्राहीसँग प्रत्यक्ष सम्बन्ध नराख्ने राजधानी जहाँ भए पनि अप्ठ्यारो नहुने उनको भनाइ छ । संघीयताको मर्मअनुसार पनि संघीय र प्रदेश राजधानी एकैठाउँमा हुनै नहुने उनको भनाइ छ ।
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...