
काठमाडौं, २१ माघ- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया लम्बिने भएको नेपाल समाचारपत्रमा खबर छ ।
पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष कपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको छ ।
नयाँ सरकार गठनपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने एमालेका एक नेताले बताए ।
'राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभाको सरकार गठनसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा लाग्नुपर्ने भएकाले दुवै दलको ध्यान नयाँ सरकार गठनमा केन्द्रित हुनेछ,' ती नेताले भने ।