०३ असार २०८३, बुधबार

राष्ट्रियसभा निर्वाचन : निर्वाचित भएको प्रमाणपत्र हराउनेका लागि यस्तो व्यवस्था

राष्ट्रियसभा निर्वाचन : निर्वाचित भएको प्रमाणपत्र हराउनेका लागि यस्तो व्यवस्था

काठमाडौं, २२ माघ– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था गरेको छ । 

आयोगको आइतबार बसेको बैठकले स्थानीय तह र प्रदेशसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्रको अतिरिक्त आयोगबाट जारी मतदाता परिचयपत्र वा नागरिकता प्रमाणपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो । 

निर्वाचित भएको प्रमाणपत्र कारणबश हराएमा वा नष्ट भएमा पनि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताको मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय गरेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्