२० असार २०८३, शनिबार

प्रदेश १ को मुख्यमन्त्री छान्न माघ २६ गते एमालेमा हुने भयो निर्वाचन

प्रदेश १ को मुख्यमन्त्री छान्न माघ २६ गते एमालेमा हुने भयो निर्वाचन

विराटनगर, २२ माघ- प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ ।

सोमबार बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । 

एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र टीकाराम पुरी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ । 

संसदीय दलको नेता चयनका लागि माघ २६ गते संसदीय दलको कार्यालयमा निर्वाचन गर्ने निर्णय भएको हो ।

प्रदेश नं १ मा एमालेभित्र संसदीय दलको नेतामा केन्द्रीय सचिव भीम आचार्य, पोलिटब्यूरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरेले दाबी गर्दै आएका छन् ।

सहमतिको प्रयास सफल नभएपछि अन्ततः निर्वाचन नै हुने भएको हो । प्रदेश नं १ मा एमालेको एकल बहुमत रहेकाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्