०८ असार २०८३, सोमबार

अस्थायी राजधानीमा आकाशियो  घरजग्गाको भाउ र कोठाभाडा

माघ २५, २०७४
अस्थायी राजधानीमा आकाशियो  घरजग्गाको भाउ र कोठाभाडा

धनगढी, २५ माघ-  अस्थायी मुकाम तोकिएसँगै धनगढीमा घरजग्गाको मूल्य र घरबहाल भाडादरमा उच्च वृद्धि भएको छ । अघिल्लो महिनाको तुलनामा कारोबारीहरूले ३० देखि ५० प्रतिशतले घरजग्गाको मूल्य बढाएका छन्, कान्तिपुरमा खबर छ ।

धनगढी उपमहानगरपालिकाको योजनामा तीन घेरामा रहेको रिङरोड, हुलाकी सडक र मुख्य सडक मार्ग क्षेत्रमा ५० प्रतिशतले जग्गाको मूल्यमा वृद्धि भएको हो । 
रिङरोड बाहिरको २० फिटे सडक मार्गले जोड्ने स्थानका घरजग्गाहरूको ३० प्रतिशत मूल्य बढेका छन् ।
घरजग्गा कारोबारी दलबहादुर शाहीका अनुसार राजधानी तोकिएपछि स्वाभाविक रूपमा घरजग्गाको मूल्यमा वृद्धि भएको छ, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्