
काठमाडौं, २५ माघ– विश्वभर फेसबुक प्रयोगकर्ता बढिरहेका बेला अमेरिकामा यो वर्ष फेसबुक प्रयोगकर्ता घटेको देखिएको छ । एक अध्ययनका अनुसार अमेरिकामा १२ देखि १७ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ता ३.४ प्रतिशतले घटेका छन् ।
विशेषगरी युवा पुस्ताको रोजाइ स्न्यापच्याट इन्स्टाग्राम हुन थालेकाले यो उमेर समूहमा फेसबुक प्रतिको आकर्षण घट्दो क्रममा रहेको डिजिटल प्रविधिको अनुसन्धान गर्ने संस्था ई–मार्केटरको अनुसन्धानमा देखिएको जनाइएको छ ।
ई–मार्केटरका अनुसार अमेरिकामा सन् २०१७ मा एक करोड ४५ लाख किशोरकिशोरीले फेसबुक प्रयोग गरेकाछन् । जनु अघिल्लो वर्षको तुलनामा ३.४ प्रतिशतले कम हो ।
यता फेसबुकले २० करोड भन्दा बढी नक्कली तथा डुप्लिकेट एकाउन्ट भएको स्वीकार गरेको छ ।