
काठमाडौं, २५ माघ–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल सकिएको छ ।
अोली र प्रचण्डबीच राष्ट्रीय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।
पार्टी एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने बिषयमा दुर्इ पार्टीका अध्यक्षका बीचमा कुराकानी भएको थियो । दुर्इ नेताबीचको सहमति अनुसार भोलि एकता संयोजन समितिको बैठक बस्नेछ ।
एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ ।