०१ साउन २०८३, शुक्रबार

प्रदेश ३ मा एमाले संसदीय दलको नेताका लागि अष्टलक्ष्मी र डोरमणिको उम्मेदवारी

प्रदेश ३ मा एमाले संसदीय दलको नेताका लागि अष्टलक्ष्मी र डोरमणिको उम्मेदवारी

काठमाडौं, २६ माघ- प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा २ जनाको उम्मेदवारी परेको छ ।

ललितपुरस्थित तुलसी अमात्य प्रतिष्ठानमा बसेको प्रदेशसभा बैठकमा पार्टी उपाध्यक्षसमेत रहेकी प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेशसभाका जेष्ठ सदस्य डोरमणि पौडेलले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराएका हुन् ।

पौडेललाई अध्यक्ष केपीशर्मा ओली र शाक्यलाई माधव नेपाल पक्षको समर्थन छ । मुख्यमन्त्रीमा दाबी गर्दै आएका राजेन्द्र पाण्डेले उम्मेदवारी नै दिएनन् ।

शाक्यको प्रस्तावकमा पशुपति चौलागाईं र समर्थकमा राजेन्द्रमान श्रेष्ठ छन् । यस्तै पौडेललाई केशव स्थापितले प्रस्ताव र कैलाश ढुंगेलले समर्थन गरेका छन् ।

संसदीय दलको नेता चुन्न आजै निर्वाचन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्