
अक्षय कुमारको फिल्म ‘प्याडम्यान’को पहिलो दिन (शुक्रवार)को कमाइ औषतभन्दा बाहिर रह्यो । विहानको शोमा फिल्मले औषत कलेक्सन गरे पनि दिउँसो भने फिल्मकाे कलेक्सन बढ्न पुग्यो । पहिलो दिन प्याडमानले १० करोड २६ लाख भारतीय रुपैयाँ कलेक्सन गर्यो ।
फिल्मले भारतका ठूला शहरका मल्टिप्लेक्स हलमा राम्रो कमाइ गर्यो । साना शहरका सिंगल स्क्रिन हलमा भने अक्षयको फिल्मले खासै कमाउन सकेन ।
फिल्मप्रति दर्शकको प्रतिक्रिया राम्रो छ । जबकि फिल्म समीक्षकहरुले भने मिश्रित प्रतिक्रिया जनाएका छन् । फिल्मको व्यवसाय अब माउथ पिब्लिसिटीमा निर्भर छ । फिल्मले आइतवार राम्रो कमाइ गर्ने विश्वास गरिएको छ ।