
मलाई यस्तो लागि रहेको थियो कि त्यो रात वित्ने नै छेन । मेरो टाउको दुखिरहेको थियो र म लगातार रोइरहेको थिए ।
रुदाँरुदै मेरो आँखा लागे । विहान ६ बजे तब मेरो निद्रा खुल्यो जतिबेला मेरो पति मेरो अगाडि थिए ।
गएको रातिको प्रश्नबारे उसले सोध्यो । ‘त तिमिले के सोच्यौं । तिम्रो जवाफ हुन्छ हो कि हुन्न ?’
मलाई के भन्ने थाहा थिए । आखिरमा हिम्मत गरेर भने,‘तपाई आज अफिस जानुस् प्लिज, म तपाईलाई साझसम्ममा फोन गरेर भन्छु । ’
उसले धम्काउँदै भन्यो,‘ठीक छ म चार बजे आफै तिमिलाई फोन गर्छु । मलाई जबाफ चाहियो, नभए राति सजाय भोग्न तयार रहनु ।’
सजायको मतलव थियो‘एनल सेक्स’ । उसलाई थाहा थियोकी यसबाट मलाई निकै पीडा हुन्छ । यस कारण उसले यसलाई मलाई चेतावनी वा धमकी दिने तरिका बनाएको थियो ।

नौ बजेसम्म उ र उसकी बहिनी अफिस गइसकेका थिए । म घरमा एक्लै थिए । घन्टौ सोचेपछि मैले बुवालाई फोन गरे र आफू ऊ(पती)सँगै अब बस्न नसक्ने बताए ।
मलाई डर थियो कतै बुवा रिसाउनु त हुन्न ? तिमि ब्याग बोक र त्यहाँबाट निस्किइहाल । बुबाले भन्नुभयो ।
आफ्ना कागजपत्र र केही कपडा बोकेर बस चढ्ने स्थान तर्फ गए । पतिलाई म्यासेज गरे, मेरो जबाफ हुन्न भन्ने हो । म आफ्नो घर जाँदै छु ।’ यति लेखेर मोबाइल अफ गरे ।
केही बेरपछि म आफन्तहरुकाबीच आफ्नो घरमा थिए । मैले विवाह गरेको दुई महिनामा नै आफ्नो पतिको घर छोडेको थिए । मेरो पति साहिल । जसलाई मैले आज भन्दा तीन वर्ष पहिला भेटेको थिए ।
कलेजका दिनमा उ निकै हसिलो थियो । उसँग बस्न कुराकानी गर्न मलाई निकै आन्द लाग्थ्यो । उसँग घन्टौ कुराकानी हुन्थो । तर त्यो गुलाबी रोमान्स धेरै दिन टिक्न सकेन ।
विस्तारै मलाई लाग्न थाल्यो यो सम्बन्ध बराबरी वाला होइन । यो सम्बन्ध त्यस्तै हुँदै गइरहेको थियो जस्तो मेरो बुवा आमाको थियो । फरक यति मात्र थियो कि मेरी आमा केही भन्नु हुँदैन थियो तर म चुप लागेर बस्न सक्दिन थिए ।
बुवा सानो सानो कुरामा ममीलाई गाली गर्नुहुन्थ्यो, हात उठाउनु हुन्थ्यो ममी चुपलागेर सहनुहुन्थ्यो कुनामा बसेर रुनु हुन्थ्यो । साहिलसँग पनि सानो सानो कुरामा बहस हुन्थ्यो, र उ जबरजस्ती नजिक आउने प्रयास गर्थ्यो म कराउँथे ।
म स्कुलमा पढाउँथे । बुबा ममीको जब फोन आउँथ्यो तब उहाँहरुले सोध्ने प्रश्न एकै थियो ‘विहे बारे के सोच्यौं ।’
तिमी भन्दा तलका बहिनीहरुको बारे पनि सोच आदआदी ।
यति करकर गरेपछि म विवाहको लागि तयार भए । साहिलले मलाई दुख नपु-याउने बाँचा गरेको थियो तर मलाई भरोसा थिएन ।
विवाह पछि मेरो डर सत्य भयो । साहिल मलाई कठपुतली जस्तै आफ्नो इशारामा नचाउन चाहन्थ्यो ।
मलाई कविता लेख्न मन लाग्थ्यो । फेसबुकमा म कविताहरु लेख्थे । उसले यसमाथि रोक लगाइदियो । म आफूलाई इच्छा लगेजस्तो कपडा लगाउँथे तर अब मैले उसले चाहेको जस्तो लगाउनु पर्ने भयो ।
एक दिन उसले भन्यो,‘रात सम्ममा आफ्नो पढाइ लेखाइको काम सकाएर बस्ने गर । मलाई खुसी नरोखे म अन्तै जानेछु !’

उ भन्थ्यो कि म उसलाई खुसी पार्न सकिरहेको छैन । त्यसकारण पोर्न फिल्म देखाएर केही सिक्ने सजाय दिन्थ्यो । र उसलाई आफू हिरो बन्ने शोक थियो । उ मलाई छोडेर मुम्बइ जान चाहन्थ्यो ।
उसले भन्यो,‘तिमी यही बसेर जागिर खाउ र मलाई पैसा पठाउ । फेरि म तिम्रो नाममा लोन लिएर घर पनि किन्ने छु ।’
त्यसका लागि उसलाई मेरो ‘हुन्छ’ सुन्नका लागि मलाई धक्का दिएर बेडमा लडायो र फेरि जबरजस्ती गर्ने प्रयास ग-यो ।
त्यहाँ एक हद पार भयो । त्यही रातको अर्को दिन मैले पती छोडिदिए । म पढेलेखेको युवती हु । स्वयं कमाउन सक्छु । आफ्नो खुट्टामा उभिएर केही गर्न सक्छु भने म किन अरुको गुलाम हुने ।
साहिलको घर छोडेको सात महिना भएको छ । अहिले म स्वयंले आफ्नो वाटो तयर गरेको छु । मलाई फेलोशिप प्राप्त भएको छ । जागिरका साथ पढाइपनि गरिरहेको छु ।
(यो भारतको पश्चिम हिस्सामा बस्ने एक महिलाको वास्तविकता हो । जो बीबीसी संवाददाता सिन्धुवासिनीले कुराकानीको आधारमा तयार गरेकी हुन् । महिलाको आग्रहमा नाम बदलिएको हो । )
यो पनि पढ्नुहोस्