
काठमाडौं, २८ माघ– सेयर कारोबारका लागि बजारमा सूचीकृत कम्पनीहरुको संस्थागत सुशासनमा कडाइ गरिने भएको छ । सूचीकृत कम्पनीहरुको संस्थागत सुशासनमा अपेक्षित सुधार हुन नसकेपछि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले कडाइ गर्न लागेको हो।
यसका लागि बोर्डले ती कम्पनीहरुका लागि छुट्टै सुशासन निर्देशिका तयार पारेको छ । सूचीकृत संस्थाहरुको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गरी सरोकारवालाहरुप्रति उत्तरदायी बनाउनुका साथै बजारलाई व्यवस्थित, पारदर्शी एवं जवाफदेही बनाई संस्थागत सुशासन प्रवद्र्धन गर्न उक्त निर्देशिका तयार पारिएको बोर्डले जनाएको छ, कान्तिपुरमा खबर छ ।