१४ असार २०८३, आइतबार

आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउँदै

आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउँदै

काठमाडौं, २८ माघ– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपति समक्ष बुझाउँदैछ । आयोगले ५६ जनाको नाम राष्ट्रपति समक्ष बुझाउन लागेको हो । 

राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसदमा पुर्याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले अब निर्वाचन परिणाम बुझाउन समस्या नरहेको आयोगले जनाएको छ ।

बाँकी तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मानोनयन गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीनजना बाहेक अन्य ५६ जनाको नाम राष्ट्रपति समक्ष पेश गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले ढिलोमा फागुन ५ गतेभित्र प्रतिनिधिसभाको पनि अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । दलहरुले समानुपातिकतर्फ निवाचित हुनेहरुको नाम सोमवार साँझसम्म बुझाइसक्नुपर्नेछ । 

दलहरुले बुझाएका नाम कानुनी रुपमा ठीक भएमा सोमवार वा मंगलबारै अन्तिम परिणाम आयोगले बुझाउनेछ ।

आयोगले प्रतिनिधिसभाका निर्वाचित सदस्यहरुको अन्तिम परिणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुल्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्