०३ असार २०८३, बुधबार

युट्युब भयो १३ वर्षको, दिनदिनै हेरिन्छ लगभग एक अर्ब घन्टाको भिडियो

युट्युब भयो १३ वर्षको, दिनदिनै हेरिन्छ लगभग एक अर्ब घन्टाको भिडियो

काठमाडौं, २८ माघ — लोकप्रिय सामाजिक सञ्जाल वेबसाइट युट्युबले १४ फेब्रुअरी अर्थात् फागुन २ गते १३ वर्ष पूरा गर्दैछ । च्याड हर्ले, स्टिभ चेन र जावेद करीमले युट्युब बनाएका हुन् । 

रूमा यी तीनैले भिडियो डेटिङ साइट बनाउन खोजेका थिए । यो साइट यति लोकप्रिय भइदेला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन् । अहिले त यो भिडियो शेयरिङ वेबसाइटमा प्रयोगकर्ताहरूले दिनको एक अर्ब घन्टा बिताउने गरेका छन् । 

स्मार्टफोन प्रयोगकर्ताहरूले नै दिनदिनै औसत एक घन्टाभन्दा बढी समय युट्युबमा बिताउने गरेका छन् । 

सन् २०१६ को अन्त्यसम्ममा संसारभरि मानिस वार्षिक रूपमा ४६ हजार वर्षबराबरको समय युट्युबका भिडियो हेरेर बिताउने गरेको पाइयो ।

अहिल ७६ वटा भाषाहरूमा मानिस युट्युब चलाइरहेका छन् । संसारमा पाँचमध्ये एकले युट्युब हेरिरहेको हुन्छ । 

युट्युबको पहिलो भिडियो २३ अप्रिल २००५ मा अप्लोड गरिएको थियो । 

मी एट द जू नामक यो भिडियो अहिलेसम्म चार करोड ५६ लाख मानिसले हेरिसकेका छन् । 

भिडियो हात्तीसँग शूटिङ गरिएको छ । युट्युबका संस्थापक जावेद करीम भिडियोमा देखिएका छन् । 

स्विडेनका कमेडियन प्युडीपाईको च्यानलका ६ करोडभन्दा बढी सब्स्क्राइबर छन् । ६ करोड ५३ लाख ८४७ सब्स्क्राइबरका साथ उनी युट्युबको शीर्ष स्थानमा छन् । 

बेलायतका डेनियल रोबर्टले सन् २०१७ मा युट्युबमा आफ्नो भिडियोबाट एक करोड ६५ लाख डलर कमाए । उनको च्यानल ड्यानटीडीएमका एक करोड ७० लाखभन्दा बढी सब्स्क्राइबर छन् । 

डेढ अर्ब मानिस हरेक महीना युट्युब लगइन गरेर भिडियो हेर्छन् । संसारमा यति धेरै त टीभी पनि छैनन् । 

युट्युबमा सर्वाधिक हेरिएको भिडियो पुएर्तो रिकोका गायकद्वय लुईस फोन्सी र ड्याडी यान्कीको गीत देस्पासितो हो । यसले अहिलेसम्म चार अर्ब ८० करोडभन्दा बढी भ्युज पाइसकेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्