२३ जेठ २०८३, शनिबार

म्यान्चेस्टर युनाईटेडका प्रशिक्षक मौरिन्होको सपना अपुरै रह्यो

म्यान्चेस्टर युनाईटेडका प्रशिक्षक मौरिन्होको सपना अपुरै रह्यो

काठमाडौं, २९ माघ– इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा  न्यूकासल युनाईटेडले म्यान्चेस्टर युनाईटेडलाई १–० ले हराएको छ । गएरातिको हारसँगै न्युकासलको मैदानमा पहिलो जित हात पार्ने म्यान्चेस्टर युनाईटेडका प्रशिक्षक जोजे मौरिन्होको सपना अपुरै रह्यो ।


न्यूकासल युनाईटेडको मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन म्याट रिचीले निर्णायक गोल गरे । मौरिन्होले प्रशिक्षकको रुपमा उक्त मैदानमा एउटा पनि खेल जितेका छैनन् ।

गएराति भएको अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–० ले हरायो । लिभरपूलका लागि रोबर्टो फर्मीनो र मोहोमद सालाहले १–१ गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा हडर्सफिल्ड टाउनले बर्नमाउथलाई ४–१ ले हरायो । गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २७ खेलबाट ७२ अंक जोडेको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।

५६ अंकको म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको लिभरपुलको ५४ अंक छ ।

५२ अंक जोडेको टोटनह्याम चौथो स्थानमा रहँदा एक खेल कम खेलेको चेल्सी ५० अंकसहित पाँचौ स्थानमा छ । चेल्सीले आज राती वेष्ट ब्रोमसँग खेल्दैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्